आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

वाग्मती प्रदेशसभाका उपसभामुख सङ्क्रमणमुक्त

सुदुर दृष्टि २१ भाद्र २०७७, आईतवार २२:५५ मा प्रकाशित ( ११ महिना अघि) ३४४ पाठक संख्या

वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङ कोरोना सङ्क्रमणमुक्त भएकी छन् ।

प्रदेशसभा सचिवालयका अनुसार उपसभामुख तामाङको केही हप्ताअघि पिसिआर परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र हाल उनी सङ्क्रमणमुक्त भएकी हुन् ।

हेटौंँडास्थित सरकारी निवासमा आफू होम आइसोलेशनमा रहेको उपसभामुख तामाङले जानकारी दिए ।

आफ्नो दोस्रो पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएको र अहिले आफू र आफ्नो छोरा सङ्क्रमणमुक्त भएको उनले बताइन् ।