आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

बिपी कोइरालाको जन्मजयन्तीः ‘बिपी कोइराला युवा नेतृत्व विकास मञ्च’द्धारा सरसफाई

सुदुर दृष्टि २४ भाद्र २०७७, बुधबार १४:४८ मा प्रकाशित ( ७ महिना अघि) ४९३ पाठक संख्या

महेन्द्रनगर ।

कञ्चनपुरमा बिपी कोइरालाको १०७ औँ जन्मजयन्तीका अवसरमा बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले सरसफाइ गरेको छ ।

बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले बुधवार भीमदत्त नगरपालिका–१८ सालघारीस्थित कालिका मन्दिर परिसरमा सरसफाइ गरिएको हो ।

प्रजातन्त्रका महासेनानी, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मजयन्तीका अवसरमा मन्दिरमा सरसफाइ गरिएको बिपी कोइराला युवा नेतृत्व विकास मञ्च कञ्चनपुरका संयोजक इन्द्र साउँदले बताए ।

No description available.

बदलिदो समाज र परिवेशमा बिपीको बिचार र सिद्धान्त आज पनि उतिकै समय सान्दर्भिक रहेको उनले बताए । नेपालको राजनितिक परिवर्तनमा स्वर्गीय कोइरालाको महत्वपूर्ण योगदान रहेकोले समेत उनले चर्चा गरे ।

No description available.

पछिल्लो समयमा बिपी कोइरालाले देखेको सपना र गरेको योगदानलाई राजनितिक दल र नेतृत्वले बिर्सिदै गएको भन्दै संयोजक साउँदले दुःख समेत व्यक्त गरे ।

No description available.

समाजको विकास र परिवर्तनका लागि राष्ट्रियता, लोकतन्त्र र समाजवादका प्रणेता बिपी कोइरालाको सिद्धान्त र मार्गदर्शनलाई वर्तमान युवाहरुले अबलम्बन गर्नु पर्ने आवश्यकता बताए ।

सरसफाइ कार्यक्रममा संस्थासंग आबद्ध युवाहरुहरुको सहभागिता रहेको थियो ।

No description available.