आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

बिपी कोइराला युवा नेतृत्व विकास मञ्चको कञ्चनपुर जिल्ला कार्य समिति गठन ।।

सुदुर दृष्टि २४ भाद्र २०७७, बुधबार २०:४९ मा प्रकाशित ( ७ महिना अघि) ११५० पाठक संख्या

कञ्चनपुर । बिपी कोइराला युवा नेतृत्व विकास मञ्चको जिल्ला कार्य समिति कञ्चनपुर गठन गरिएको छ । जन नायक स्व.बिपि कोईरालाको १०७ औं जन्मजयन्तिको अबसरमा लोकतन्त्रमा विश्वास राख्ने र लोकतन्त्रमा नै नेपालको सपना देख्ने युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्दै जन नायक बिपी कोइरालाबाट व्यक्त बिचार, प्रतिपादित नीति र अवधारणालाई गाउँ–गाउँ पु¥याउने उद्देश्यका साथ बिपी कोइराला युवा नेतृत्व विकास मञ्च गठन गरिएको हो ।
कञ्चनपुरमा इन्द्र साउँदको संयोजकत्वमा ३० सदस्यिय कार्य समिति गठन गरिएको छ । बिपी कोइराला युवा नेतृत्व विकास मञ्चको जिल्ला कार्य समिति कञ्चनपुरको उपाध्यक्षमा सुभाष उपाध्याय, लोचन सिंह कार्की र केशव एसके चयन भएका छन् भने सचिवमा कुन्दन पाण्डेय, सह–सचिवमा महेश भट्ट, कृष्णदेव जोशी, हेमराज थापा चयन भएका छन् ।
यस्तै कोषाध्यक्षमा प्रिया ठगुन्ना सहित अन्य २१ जना सदस्य चयन भएका छन् । सदस्यहरुमा बिशाल भटट्, जिबन राना ,उपेन्द्र बम, सन्जय अधिकारी,अनिल बोहरा,किशन चन्द,राम साउद,सरोज नेगि,बुद्धिमाया तामाङ,भागरथि बिष्ट,टिका भट्ट,सोनु सुनार, पुष्प कुबर,मदन बोहरा, निसा भट्ट, दिपक सुनार,तारा बिष्ट,टेक बिष्ट, उर्मिला सार्कि,जिबन पाण्डेय र बिर बहादुर बुढा लगायतका चयन भएका छन ।