आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जना कोरोना भाइरस संक्रमित थपिए ।।

सुदुर दृष्टि २५ भाद्र २०७७, बिहीबार १९:४२ मा प्रकाशित ( ७ महिना अघि) १७८ पाठक संख्या

काठमाण्डौं । नेपाल भर पछिल्लो २४ घण्टामा थप १हजार २ सय ४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२४६ संक्रमित थपिएको जानकारी दिए । नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।पछिल्लो २४ घण्टामा १८१८ जना संक्रमित डिस्चार्ज भएका छन् ।हालसम्म ३५ हजार ७ सय जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुबाट १११४४ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ८ लाख १० हजार ४ सय ८५ जनाको पीसीआर परीक्षण गरिएको छ ।आइसोलेसन ८ हजार १० जना र होम आइसोलेसनमा ६ हजार ४३८ जना रहेका छन् । ५ हजार ८०६ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ ।मन्त्रालयका अनुसार यसअघि हिजो बुधबार तीन महिला र तीन पुरुषको कोरोनाले मृत्यु भएको छ ।
कठमाडौँकी ८३ वर्षीय महिला र ६७ वर्षीय पुरुष, कास्कीकी ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीय महिला र नवलपरासीकी ६४ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको थियो।
त्यसैगरी मंगलबार पनि ६ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा काठमाडौंकी ८० वर्षीया एक महिला को मृत्यु भएको थियो भने सुनसरीका ७० वर्षका एक पुरुष, पर्साका ५४ र ६० वर्षका दुई जना पुरुष, काठमाडौंका ८५ वर्षका एक पुरुष र कपिलवस्तुका ६२ वर्षका एक पुरुषको कोरोनाले मृत्यु भएको थियो ।