आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

सुदूरपश्चिममा आज थप ७० जनामा कोरोना पुष्टि ।।

सुदुर दृष्टि २५ भाद्र २०७७, बिहीबार १९:५१ मा प्रकाशित ( ७ महिना अघि) १६९ पाठक संख्या

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशभरमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परिक्षणमा ६९ र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १ जना गरी ७० जनामा कोरोना पुष्टि भएको हो ।
ती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय १९ जनाको कोरोना परीक्षण भएकोमा ६९ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
कैलालीका ६७ जनामा संक्रमण पुष्टि भएको उनले बताए । उनका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका मात्रै ५० जनामा संक्रमण पुष्टि भएको छ। श्रेष्ठका अनुसार नौँ जना महिला र ४१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यस्तै गोदावरी नगरपालिकाका १३ जना, कैलारी गाउँपालिकाका एकजना, चुरे गाउँपालिकाका दुई जना, घोडाघोडी नगरपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको बताएका छन ।
यस्तै, कञ्चनपुरको पुर्नवासका दुई जना संक्रमित थपिएको उनले जानकारी दिए । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको छ । ६१ जनाको कोरोना परीक्षण भएकोमा एक जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
डडेल्धुरा अस्पतालमा परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको छ। पछिल्लो २४ घण्टामा ९७ जनाको परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको डडेल्धुरा अस्पतालले जनाएको छ ।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार तीन सय ८८ पुगेको छ। उनीहरु मध्ये पाँच हजार तीन सय ९४ जनाले कोरोना जितेका छन् भने १४ जनाको मृत्यु भइसकेको छ।