आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

डडेल्धुरा अस्पतालमा २ हजार ५ सयमा कोरोना परीक्षण गराउन सकिने ।।

सुदुर दृष्टि २५ भाद्र २०७७, बिहीबार १९:५४ मा प्रकाशित ( ७ महिना अघि) २३३ पाठक संख्या

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा अब २ हजार ५ सय तिरेर स्वइच्छाले कोरोना परीक्षण गराउन सकिने भएको छ ।
अस्पतालले बिहिबार एक सूचना जारी गरी निर्देशिका भन्दा बाहिरका अर्थात कसैले स्वेच्छाले कोरोनाको पीसीआर परिक्षण गर्दा २ हजार ५ सय शुल्क लिने निर्णय गरेको जनाएको छ ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आपतकालिन कार्य संचालन केन्द्र तथा अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार शुल्क तोकिएको अस्पतालका निमित्त मेसु डा. जगदिशचन्द्र विष्टले जानकारी दिएका छन ।