काठमाण्डाै । विश्व बैंकले पछिल्लो दश वर्षमा नेपालमा ४० लाख रोजगारी सिर्जना भएको जनाएको छ ।
निर्माण क्षेत्रमा भइरहेको विस्तार र युवाहरु नवप्रवर्तनका व्यवसायमा आकर्षित हुँदा पनि रोजगारी बढेको रिपोर्टले जनाएको छ । सन् २००८ मा नियमित तलब पाउने जागिरे १७ प्रतिशत रहेकोमा सन् २०१८ मा बढेर २४ प्रतिशत पुगेको विश्व बैंकले जनाएको छ ।
नेपालमा व्यवसाय सञ्चालनको वातावरण बढ्दै गएकाले साना तथा मझौला र नवप्रवर्तनका व्यवसाय बढ्ने पनि विश्व बैंकको भनाइ छ ।