आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

भम्केनी धाममा अर्को आकर्षण ः ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बन्दै ।

सुदुर दृष्टि २६ भाद्र २०७७, शुक्रबार १६:०९ मा प्रकाशित ( ७ महिना अघि) २२० पाठक संख्या

कञ्चनपुर । नेपालमै पहिलो पटक कञ्चनपुरमा निर्माण हुन लागेको ७५ फिट अग्लो नेपाल आमाको मूर्ति पुनः निर्माण कार्य सुरु भएको छ । भीमदत्त नगरपालिका ८ स्थित भम्केनी धाममा नेपाल आमाको मुर्ति निर्माण कार्य सुरु गरिएको छ ।
कोरोना संक्रमणका कारण मूर्ति निर्माणमा ढिलाई हुन पुगेको छ । अहिलेसम्म मूर्ति निर्माणको १५ प्रतिशत मात्रै काम सकिएको छ । दुई वर्ष अघि भ्याली कन्स्ट्रसन ललितपुरले तीन वर्ष ६ महिनामा सक्ने गरी ठेक्का लिएको थियो ।
केही प्राविधिक समस्या र कोरोना महामारीका कारणले निर्माण कार्यमा ढिलाई भएको भन्दै अहिलेसम्म ५० प्रतिशत काम सकिने तर कोरोना महामारीका कारण भारतीय कारीगर कामदार आउन नसक्दा समस्या भएकाले मू्र्ति निर्माणको सम्पूर्ण काम सक्न तोकिएको समयभन्दा कम्तिमा पनि ५÷६ महिना बढी लाग्ने ठेकेदार मनोहर महर्जनले बताए ।
भीमदत्त नगरपालिका वडा नम्बर–८ मा रहेको भम्केनी धाममा नेपाल आमाको मूर्ति निर्माण गर्ने कार्यको सुरुवात जगद्गुरु मोहनशरण देवाचार्यले गरेका थिए । हालसम्म मन्दिरको जग निर्माण गर्ने र नेपाल आमाको मूर्तिको आसनका लागि आवश्यक पर्ने कमलको फुल निर्माण गर्ने काम सकिएको छ ।
हाल मुर्ति निर्माणका लागी आवस्यक कच्चा पदार्थ ल्याउन समेत सम्स्या भएको र भारतबाट मूर्ति निर्माणमा संलग्न अन्य कामदार आउने बित्तिकै निर्माण कार्य तीव्र गतिमा हुने ठेकेदार महर्जनले बताएका छन ।