आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

गड्डाचौकी भन्सारले चालु आर्थिक वर्षको दुई महिना नपुग्दै ४ करोड वढि राजश्व उठायो

सुदुर दृष्टि २६ भाद्र २०७७, शुक्रबार १६:३३ मा प्रकाशित ( ७ महिना अघि) २९० पाठक संख्या

कञ्चनपुर । कञ्चनपुर जिल्लाको गड्डाचौकी भन्सारले चालु आर्थिक वर्षको श्रावण देखि भाद्र २५ गते सम्म ४ करोड ३४ लाख ३ हजार २ सय ६३ राजश्व संकलन गरेको छ ।
करोना भाईरसका कारण चैत्र देखि सीमानाका वन्द हुदा राजश्व संकलनमा कमी आएको भएपनि चालु आर्थिक वर्षको श्रावण देखि गड्डाचौकी नाका भएर मालवाहाक सवारी साधन कञ्चनपुर आउन थालेपछि भन्सार कार्यालयले लक्ष्य अनुसार राजश्व उठाउने गरेको सुचना अधिकारी केशव राज विष्टले वताए ।
उनले श्रावण महिनाका २ करोड ६१ लाख ३ हजार ९ सय ८ र भाद्र महिनाको २५ गते सम्ममा १ करोड ७२ लाख ९९ हजार ३ सय ५५ रुपैया राजश्व संकलन गरिएको वताएका छन । उहांले भारतवाट गड्डाचौकी नाका भएर तरकारी,फलफुल,हाडवर,कपडा र ईल्क्ट्रोनिकका समानहरु आयात गरिने गरेको वताए । तर नेपालवाट भने केही पनि निर्यात नगरिएको समेत उनको धारणा छ ।
कोरोनाका कारण सीमा वन्द हुदा पनि राजश्व संकलनमा कुनै असर नपरे पनि साईकलमा समान क्यारीङ गरेर जिविकोपार्जन गर्न व्यक्तिहरु भने वेरोजगार वनेका छन ।