आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

नेपालमा पछिल्लो २४ घण्टामा १४५४ जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु ।

सुदुर दृष्टि २६ भाद्र २०७७, शुक्रबार १७:५९ मा प्रकाशित ( १0 महिना अघि) ३५९ पाठक संख्या

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १हजार४ सय ५४ जना संक्रमित थपिएका छन् ।

यो संगै नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । एकै दिन थपिएको यो संख्या हालसम्मकै बढी रहेको छ ।

नेपालमा अहिले १४ हजार ९ सय ४८ संक्रिय संक्रमित रहेका छन् ।संस्थागत आइसोलेसनमा ८ हजार २९१ जना र होम आइसोलेसनमा ६ हजार ६ सय ३४ जना रहेका छन् ।
१७० जना आइसीयूमा र २५ जना भेन्टिलेटरमा रहेका छन् ।पछिल्लो २४ घण्टामा ९७२ जना डिस्चार्ज भएका छन् ।हालसम्म कोरोनामुक्त हुनेको संख्या ३६ हजार ६ सय ७२ रहेको छ । यो कुल संक्रमितको ७१ प्रतिशत हो ।पछिल्लो २४ घण्टामा १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाका कारण ज्यान गएको छ । ५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भए संगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२२ पुगेको बताएका छन ।