आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

अखिल क्रान्तिकारी कंचनपुरको रक्तदान कार्यक्रम सम्पन्न ।

सुदुर दृष्टि २६ भाद्र २०७७, शुक्रबार १८:२९ मा प्रकाशित ( १0 महिना अघि) ४५५ पाठक संख्या

कञ्चनपुर । बिप्लब निकट नेकपाको भातृ संगठन अखिल क्रान्तिकारी कंचनपुरले आज रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसायटी जिल्ला शाखा कंचनपुरमा क्रान्तिकारी कंचनपुरका ६ जनाले रक्तदान गरेका हुन ।
बिश्वभर फैलिरहेको कोरोना महामारीको समयमा रक्त अभाव नहोस भन्नका लागि रक्तदान गरीएको अखिल क्रान्तिकारी सुदुरपश्चिम ईन्चार्ज बिरेन्द्र शाहले जानकारी दिनु भएको छ ।
उहाँले आवश्यक भएको बेला रक्तदान गर्ने प्रतिबद्धता समेत जाहेर गरिएको बताउनु भएको छ ।