कञ्चनपुर । कञ्चनपुरका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सेती प्रादेशिक अस्पतालको प्रयोशालामा पछिल्लो २४ घण्टामा तीन सय ६८ जनाको कोरोना परीक्षण भएकोमा २० जनामा संक्रमण पुष्टि भएको छ।
जसमा अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी कञ्चनपुरका १२ र कैलालीका ८ जनामा संक्रमण पुष्टि भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १८ का १० जना र वडा नम्वर १० का दुई जनामा संक्रमण पुष्टि भएको छ।