आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

नेपालमा पछिल्लो २४ घन्टामा १,२०१ संक्रमित थपिए ,कोरोनाबाट थप १४ जनाको मृत्यु ।

सुदुर दृष्टि २७ भाद्र २०७७, शनिबार १८:१७ मा प्रकाशित ( १0 महिना अघि) ३३९ पाठक संख्या

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार २सय १ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।पछिल्लो २४ घन्टामा ८५२ जना ‘डिस्चार्ज’ भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३७ हजार ५२४ रहेको छ । यो कुल संक्रमितको ७०.६ प्रतिशत हो ।हाल संस्थागत ‘आइसोलेसन’मा नौ हजार १०७ तथा ‘होम’ आइसोलेसनमा छ हजार १५३ जना रहेका छन् ।
देशभर १६० जना ‘आइसीयू’मा तथा २४ जना भेन्टिलेटरमा रहेका छन् ।पछिल्लो २४ घन्टामा १० हजार १७६ जनाको ‘पीसीआर’ परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर १५ हजार २६० जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३३६ पुगेको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो । यो कुल संक्रमितको ०.६३ प्रतिशत हो ।मृत्यु हुनेहरु काठमाडौंका तीनजना, भक्तपुर र रुपन्देहीका समान दुईरदुईजना तथा पर्सा, सुनसरी, चितवन, तनहुँ, स्याङ्जा, गोरखा र कास्कीका एक र एकजना हुन् ।