आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

दाहसंस्कारपछि कोरोना पुष्टि,मलामी ‘क्वारेन्टिन’मा

सुदुर दृष्टि २७ भाद्र २०७७, शनिबार १८:२४ मा प्रकाशित ( ७ महिना अघि) १९३ पाठक संख्या

काठमाण्डौं । पोखरामा कोरोना ब्लड क्यान्सरबाट पीडित महिलाको अन्त्येष्टि पछि कोरोना संक्रमण देखिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका-३ घर भइ हाल पोखरा महानगरपालिका-५ निवासी ४५ वर्षीया महिलाको मृत्यु भएको हो । पोखरामा ब्लड क्यान्सरबाट पीडित पोखराकी महिलाको तीन दिनदेखि फिस्टेल अस्पतालको ‘आइसीयू’मा राखेर उपचार हुँदै आएको थियो । शुक्रबार बिहान मृत्यु भएको हो ।
मृत्युपछि उनको स्वाबको नमुना परीक्षणका लागि पठाइएको थियो । तर, अस्पतालले कोरोनाको रिपोर्ट नआउँदै आफन्तलाई शव बुझायो ।महिलाको शुक्रबारै अन्त्येष्टि गरियो । शनिबार कोरोनाको ‘रिपोर्ट पोजिटिभ’ आयो ।जसका कारण अन्त्येष्टिमा मलामी गएका झन्डै २०० जना मानिस ‘क्वारेन्टिन’मा बस्नुपर्ने भएको छ ।
मलामीमा प्रदेश सांसदहरु, जनप्रतिनिधि, पत्रकार, पर्यटन व्यवसायीलगायत करिब २०० जना थिए ।मृतकका आफन्तकाअनुसार अस्पतालले कोरोना नभइ अरु कारणले ज्यान गएको भनी दाहसंस्कार गर्न सकिने विश्वास दिलाएपछि शव बुझेर शुक्रबार नै पोखराको सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिएको थियो ।