आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

करेन्ट लागेर दुईजना सैनिकको मृत्यु

सुदुर दृष्टि २७ भाद्र २०७७, शनिबार १८:४४ मा प्रकाशित ( ७ महिना अघि) १८८ पाठक संख्या

चितवन । चितवनमा करेन्ट लागेर शनिबार नेपाली सेनाका दुईजना सैनिकको मृत्यु भएको छ ।

कालिका नगरपालिका–८, शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् ४६ वर्षीय सुवेदार राजुबाबु श्रेष्ठ र गोरखाका २१ वर्षीय जवान साधन कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रुखको हाँगा काट्नेक्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो ।

श्रेष्ठको उपचारकाक्रममा र कुमालको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ ।