आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

प्रजातान्त्रिक बिचार समाज कञ्चनपुरको पुर्ण बैठक सम्पन्न ।।

सुदुर दृष्टि २८ भाद्र २०७७, आईतवार १९:५३ मा प्रकाशित ( १0 महिना अघि) ४५९ पाठक संख्या

कञ्चनपुर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा आज प्रजातान्त्रिक बिचार समाज कञ्चनपुरको पुर्ण बैठक सम्पन्न भएको छ । समाजका अध्यक्ष सहप्रध्यापक भोजराज जोशिको अध्यक्षतामा समाजको बैठक सम्पन्न भएको हो । बैठकमा प्रजातन्त्र ,बर्तमान समसामयिक बिषयमा छलफल भएको छ ।
बैंठकमा सहभागि पदाधिकारीहरुले बर्तमान समयमा प्रजातान्त्रीक म्ुल्यमान्यता र सर्बसाधारणको अधिकारीहरु माथि सरकार र बाह्य पक्षबाट प्रहार हुदै गएको भन्दै चिन्ता ब्यक्त गरेको बिचार समाजका सचिब लालमनि पाण्डेयले जानकारी दिनु भएको छ । त्यसै गरी प्रजातान्त्रिक बिचार समाज कञ्चनपुरले संगठनमा बिस्तारमा समेत तिब्रता दिएको उहाँको भनाई छ ।
प्रजातान्त्रिक बिचार समाजको संसोधित बिधान बमोजिम ७ सदसस्यिय रहेको समितिलाई ११ सदस्यिय समेत बनाईएको हो । बैठकमा प्रदेश प्रतिनिधि पठाउने र प्रदेश सल्लाहकार चयन गर्ने समेत निर्णय भएको छ । प्रदेश सल्लाहकारमा प्राध्यापक यज्ञ राज पाठक, डा.भोज राज पन्त र प्रदेश प्रतिनीधिमा लालमनि पाण्डेय,श्याम सिं मौनिलाई चयन गरेको छ ।
प्रजातान्त्रिक बिचार समाज कञ्चनपुरको पुर्ण बैठकमा प्रजातन्त्र र समसामयिक लगायतका बिषयमा छलफल गर्न १५ दिनभित्र जुम मिटिङ गर्ने निर्णय समेत भएको समाजका सचिब पाण्डेयले बताउनु भएको छ । जुममिटिङमा कार्यपत्र प्रस्तुतका लागि डा.टेक राज पन्त र एक जना केन्द्रीय बिज्ञलाई आमन्त्रण गर्ने निर्णय समेत भएको छ ।
बैठकमा समाजका अध्यक्ष भोजराज जोशि,उपाध्यक्ष डा.भबानि दत्त जोशि, सचिब लालमनि पाण्डेय, सदस्यहरु बिर्ख बहादुर मल्ल,मदन सिंह बोहरा, सल्लाहकारहरु डा. महादेब बिष्ट,सहप्राध्यापक नरेन्द्र सिं खत्रि, सिद्धराज भट्ट लगायतको उपस्थिति रहेको थियो ।