आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

सुदूरपश्चिममा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि ।

सुदुर दृष्टि २८ भाद्र २०७७, आईतवार २०:०९ मा प्रकाशित ( १0 महिना अघि) ३१८ पाठक संख्या

कञ्चनपुर । सुदूरपश्चिममा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल डोटीमा गरिएको परीक्षणमा थप ७६ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा आइतवार कैलाली, कञ्चनपुर र डडेल्धुराका ७३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार कैलालीको धनगढी उप-महानगरपालिकाका ६७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ जना, बेलौरी नगरपालिका, कैलालीकै लम्कीचुहा नगरपालिका, गोदावरी नगरपालिका र डडेल्धुराको परशुराम नगरपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराको अमरगढी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले बताए । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा अछामको मंगलसेन नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ३७ पुगेको छ । तीमध्ये ५ हजार ४ सय ७५ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।