आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ।

सुदुर दृष्टि २८ भाद्र २०७७, आईतवार २०:१० मा प्रकाशित ( ७ महिना अघि) २१८ पाठक संख्या

काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा ३६५ महिला र ६७४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । उनीहरुमध्ये ३४५ जनाको मृत्यु भएको छ भने ३८ हजार ६९७ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन् । देशभरमा १५ हजार ११७ संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये ६ जना काठमाडौं उपत्यका मात्र छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ पुरुष र २ महिला, मोरङमा १ पुरुष, सिन्धुपाल्चोकमा १ पुरुष र कास्कीमा १ जना महिलाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।