आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

सुदुरपश्चिमको महाकाली करिडोरका लागि ९० करोड बजेट विनियोजन ।

सुदुर दृष्टि २९ भाद्र २०७७, सोमबार २०:१४ मा प्रकाशित ( ७ महिना अघि) १७१ पाठक संख्या

कञ्चनपुर । संघीय सरकारले सुदुरपश्चिमको बिकासको महत्वपुर्ण कडिका रुपमा लिईएको महाकाली करिडोरमा ट्रयाक खोल्नका लागि ९० करोड बजेट स्वीकृत गरेको बताइएको छ । कञ्चनपुरदेखि दार्चुलाको तिकंरसम्म जोड्ने सो करिडोरको ट्रयाक खोल्नका लागि ९० करोड बजेट स्वीकृत भएको हो ।
करिडोरमा बजेट विनियोजन भएसंगै अब निर्माण कार्यले तीव्रता पाउने आशा बढेको छ । आर्थिक वर्ष २०६५र६६ सालमा करिडोरको अवधारणा अघि आएपछि कञ्चनपुरदेखि दार्चुला तिंकरसम्मलाई महाकाली करिडोर नामाकरण गरिएको थियो ।
करिडोर अन्तर्गत बैतडी र दार्चुलामा केही काम भएपनि डडेल्धुरा कञ्चनपुरमा खासै काम अघि बढ्न सकेको छैन्। कञ्चनपुरमा करिडोर निर्माणस्थलमा इआएए प्रतिवेदन नआएकाले समस्या भएको दार्चुला तिंकर सडक महाकाली करिडोर आयोजनाले जनाएको छ । भारत र चीनसँग व्यापार व्यवसायसंगै कैलाश मानसरोवर जाने छोटो बाटोको रुपमा समेत करिडोरलाई हेरिएको छ।
महाकाली लोकमार्ग दार्चुला–तिकंर सडक योजनाका अनुसार करिडोरको ४३६ किलोमिटर मध्ये हालसम्म दार्चुला र बैतडीमा गरी १३५ किलोमिटर ट्रयाक खुलेको छ। यस वर्ष थप ११७ किलोमिटर ट्रयाक खोल्न टेन्डर आव्हान गर्ने तयारी भएको छ। यो बर्ष डडेल्धुरा लगायतका अन्य क्षेत्रमा ट्याक खोल्ने काम हुने भएको छ ।