आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

सुदूरपश्चिम प्रदेशमा आज थप २६ जनामा कोरोना पुष्टि ।

सुदुर दृष्टि २९ भाद्र २०७७, सोमबार २०:१७ मा प्रकाशित ( १0 महिना अघि) ३०३ पाठक संख्या

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा सोमबार थप २६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका दुई वटा प्रयोगशालामा गरिएको परिक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएको हो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १४ जना र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा १२ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा ३५६ जनाको कोरोना परिक्षण गरिएको मा २६ जनामा संक्रमण पुष्टि भएको छ ।
उता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा पछिल्लो २४ घण्टामा परिक्षण भएका २०७ नमुनाहरुमध्ये १४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका ११ जना र कञ्चनपुरका ३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन । उनले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का एकजना, वडा नम्बर ५ का एकजना, वडा नम्बर ७ का दुईजना र वडा नम्बर १४ का एकजनामा संक्रमण देखिएको बताए । यस्तै कैलालीको घोडाघोडा नगरपालिका वडा नम्बर १० का ४ जना, गोदावरी नगरपालिकाका २ जना, कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ का एकजना र शुक्लाफाटा नगरपालिकाका दुईजनामा संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले बताएका छन ।
यस्तै जिल्ला अस्पतालल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका १४९ नमुनाहरुमध्ये १२ जनामा संक्रमण पुष्टि भएको हो ।प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले डोटी र अछामका १० जना पुरुष र दुई महिला गरी १२ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । उनले डोटीका के.आई.सिंह गाउँपालिकाका ६ जना पुरुष र २ जना महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै अछामको तुर्माखाद गाउँपालिकाका एकजना र चौरपाटी गाउँपालिकाका तीन जनामा संक्रमण देखिएको इन्चार्ज श्रेष्ठले जानकारी दिएका छन । परिक्षण गरिएका अन्य १३७ जनाको रिर्पाट नेगेटिभ आएको हो । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ५ सय ३६ पुगेको छ ।