आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

डाक्टर गोविन्द केसीको १९ औँ सत्याग्रह जुम्लामा सुरु

सुदुर दृष्टि २९ भाद्र २०७७, सोमबार २०:२६ मा प्रकाशित ( ७ महिना अघि) १९७ पाठक संख्या

जुम्ला । डाक्टर गोविन्द केसीको १९ औँ सत्याग्रह जुम्लामा सुरु भएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा गोविन्द केसीले १९ औँ सत्याग्रह जुम्लामा सुरु गरेका हुन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतीष्ठानमा एमबीबीएस लगायतका शैक्षीक कार्यक्रम सञ्चालन गरीनुपर्ने र स्नातकोत्तर तहको अनुमती तत्काल पदान गर्नुपर्ने मागसहीत केसीले सत्याग्रह सुरु गरेका छन ।
उनले यस्तै गेटा मेडीकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतीष्ठानमा पठन पाठन सुरु गरनिुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडीकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउन समेत माग गरेका छन ।
उनले १६ औँ सत्याग्रह पनि जुम्लाबाट सुरु गरेका थिए । यसअघी बिभिन्न समयमा सत्याग्रह सुरु गर्ने भन्दै केसीले जुम्लामा तयारी गरीरहेका थिए ।