डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकाले गाउँमै कोल्ड स्टोर निर्माण कार्य सुरु गरेको छ । भागेश्वर गाउपालिका र ग्रामीण जलस्रोत व्यस्थापन परियोजनाको संयुक्त लगानीमा गाउँपालिकाको बगरकोटमा कोल्ड स्टोर निर्माण गरीरहेको हो ।
तरकारी र फलफुल उत्पादनका लागि पकेट क्षेत्र मानिने डडेल्धुराको भागेश्वर गाउँपालिकाको बगरकोटमा कोल्ड स्टोर निर्माण कार्य सुरु भए संगै कृषकहरु खुसि भएका छन । गाउँपालिकाको ४१ लाखको लागतमा ३० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण गरिन लागेको जनाएको छ ।
दुर्गम क्षेत्रका किसानले समेत बेमौसमी तरकारी लगाएत अन्य फलफुललाई समेत भण्डारण गरेर राख्न सक्ने उद्देश्य लिएर गाउँपालिकाले कोल्डस्टोर निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाएको गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन्।
कृषकहरुको आबश्यकता र माग अनुसार भागेश्वर गाउपालिकाले कृर्षीलाई प्राथमिकतामा राखेर कोल्ड स्टोर निर्माण कार्य अगाडि बढाएको उनको भनाई छ । कोल्ड स्टोरमा तीन वटा चेम्बर रहने गाउँपालिका अध्यक्ष भट्टले बताइन् ।
कोल्ड स्टोर नहुदा उत्पादित तरकारी र फलफुल कुहिने समस्या झेल्दै आएका कृषकहरुको उत्पादन भण्डारण गर्न सहज हुने भन्दै स्थानियले खुसी समेत ब्यक्त गरेका छन ।
भागेश्वर गाउँपालिकाका अध्यक्ष भट्टको सक्रियतामा भागेश्वर गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृर्षि, रोजगार लगायतका क्षेत्रमा उदाहरणिय काम भईरहेको समेत स्थानियहरुले बताएका छन ।