आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना संक्रमण।

सुदुर दृष्टि ३१ भाद्र २०७७, बुधबार १९:४८ मा प्रकाशित ( १0 महिना अघि) ३८० पाठक संख्या

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १५३९ जना कोरोना संक्रमित थपिएको बताएका छन ।
योसँगै कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।मन्त्रालयका अनुसार २४ घन्टामा १० हजार ४९४ पीसीआर परीक्षण गरिएको छ।बितेको २४ घण्टामा १०६८ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् ।
योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ ।संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।हालसम्म संक्रमणबाट मुत्यु हुनेका संख्या ३७९ पुगेको छ ।