आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

सुदूरपश्चिम प्रदेशमा आज थप ६९ जनामा कोरोना पुष्टि ।।

सुदुर दृष्टि ३१ भाद्र २०७७, बुधबार १९:५१ मा प्रकाशित ( ६ महिना अघि) १७३ पाठक संख्या

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज थप ६९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका दुई वटा प्रयोगशालामा गरिएको परिक्षणमा थप ६९ जनामा संक्रमण पुष्टि भएको हो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २९ जना र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ४० गरी सुदूरपश्चिममा ६९ जना संक्रमित थपिएका हुन । पछिल्लो २४ घण्टामा ५३० जनाको कोरोना परिक्षण गरिएकोमा थप ६९ जनामा संक्रमण पुष्टि भएको छ ।
उता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ४ सय २५ नमुनाहरुमध्ये २९ जनामा संक्रमण देखिएको हो । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका २१ जना र कञ्चनपुरका ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
उनले कैलालीको टीकापुरको वडा नम्बर १ का एकजना, जोशीपुर गाउँपालिका वडा नम्बर ७ का एकजना, गौरीगंगा नगरपालिकाका ७ जना, गोदावरी नगरपालिकाका दुईजना, धनगढी उपमहानगरपालिकाका ४ जना र लम्कीचुहाँ नगरपालिकाका ४ जना गरी कैलालीका २१ जनामा संक्रमण देखिएको बताए ।यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ३ का दुईजना र भिमदत्त नगरपालिकाका ६ जना गरी कञ्चनपुरका ८ जनामा संक्रमण देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
यसैगरी जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका १०५ नमुनाहरुमध्ये ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले १०५ जनाको परिक्षण गरिएको मा ४० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।
उनले डोटीको सुल्लेखका ४० जनामा संक्रमण देखिएको बताए । अन्य ६५ जनाको परिक्षण रिपोर्ट नेगेटिभ आएको हो । आज संक्रमण देखिएका सबै जना नेपाली सेना हुन ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार ६५९ पुगेको छ ।