आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

मृत्यु भएको व्यक्तिको कोरोना परीक्षण नगर्न सरकारको निर्देशन ।

सुदुर दृष्टि ३१ भाद्र २०७७, बुधबार २०:०५ मा प्रकाशित ( ६ महिना अघि) १४६ पाठक संख्या

काठमाण्डौं । सरकारले मृत्यु भएको व्यक्तिको कोरोना लागेको शंका भए पनि अब स्वाब परीक्षण नगर्न निर्देशन दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन निर्णय गरेको जानकारी दिएका छन ।
मन्त्रालयले त्यस्ता शंकास्पद व्यक्तिको शव व्यवस्थापनमा भने सम्पूर्ण सावधानी अपनाउन तथा सम्पर्कमा आएकाहरुलाई १४ दिन क्वारेन्टिनमा बस्न भनेको छ ।शवबाट नमुना निकाली कोभिड–१९ परीक्षण गर्ने काम नगर्ने नगराउने निर्देशन दिइएको गौतमले बताए ।यसअघि कोरोनाको मिल्दोजुल्दो लक्षण भएको व्यक्तिको मृत्यु भएका मृतकको शवबाट स्वाब निकालेरै परीक्षण गर्ने गरिएको थियो ।