आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

सुदूरपश्चिममा आज थप ५६ जनामा कोरोना पुष्टि ।

सुदुर दृष्टि १ आश्विन २०७७, बिहीबार १९:४३ मा प्रकाशित ( १0 महिना अघि) ३२६ पाठक संख्या

कञ्चनपुर । सुदूरपश्चिममा आज थप ५६ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ५६ जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ३३ जनाको कोरोना परीक्षण भएकोमा २२ जनामा संक्रमण पुष्टि भएको छ ।
कैलालीका १६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताएका छन । उनले धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ का ६ जना, वडा नम्बर ५ र १३ का एक र एक जना र वडा नखुलेका एक जनामा कोरोना पुष्टि भएको बताए ।
यस्तै कैलालीको गौरीगंगा नगरपालिका–६ र भजनी नगरपालिकाका–५ तीन र तीन जना र गोदावरी नगरपालिका–४ का एक जनामा कोरोना पुष्टि भएको उनले बताएका छन । यस्तै कञ्चनपुरको पुर्नवास नगरपालिका–५ का चार जना, महाकाली नगरपालिका–२ र बेलौरी नगरपालिकाका एक र एक जनामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।
उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको छ। १७६ जनाको कोरोना परीक्षण भएकोमा ३४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले २९ पुरुष र ५ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताएका छन ।
उनका अनुसार अछामको साफेबगरका १७ जना, डोटीको शिखर नगरपालिकाका ८ जना, डोटीकै दिपायल सिलगढी नगरपालिकाका ५ जना र डोटीकै केआइसिँह गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ७ सय १५ पुगेको छ ।