आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

कञ्चनपुरको गड्डाचौकीमा कार्यरत ५ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण ।

सुदुर दृष्टि १ आश्विन २०७७, बिहीबार १९:४४ मा प्रकाशित ( १0 महिना अघि) ३२८ पाठक संख्या

कञ्चनपुर । कञ्चनपुरको सीमा नाका गड्डाचौकीमा कार्यरत ५ जना सशस्त्र प्रहरीलाई कोरोना भाइरसको संक्रमण फेला परेको छ।सीमा क्षेत्र बोर्डर आउट पोष्ट गड्डाचौकीमा कार्यरत पाँच सशस्त्र प्रहरी र भगतपुर ब्यारेकमा कार्यरत एक जना नेपाली सेनालाई कोरोना देखिएको हो । कोरोना पृष्टी भएका पाँच सशस्त्र र एक सैनिक सहित ६ जनालार्ई उपचारका लागि महाकाली अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो । सशस्त्र प्रहरी बल ३५ नम्बर गण मातहत रहेको बिओपी गड्डाचौकीमा कार्यरत पाँच जनालाई कोरोना देखिएसँगै उनीहरुको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरेर परीक्षण गरिने शसस्त्र प्रहरीले जनाएको छ।