आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

हिरासतमा रहेका बेला ३ जनाको मृत्यु भएकाको छानबिन गर्न उपसमिति गठन ।

सुदुर दृष्टि १ आश्विन २०७७, बिहीबार १९:४७ मा प्रकाशित ( ६ महिना अघि) २३६ पाठक संख्या

काठमाण्डौ । केही महिनायता कैलाली, धनुषा र रौतहटमा हिरासतमा रहेका बेला ३ जनाको मृत्यु भएको छ। उक्त मृत्युको घटनालाई लिएर मृत्यु हुनेका आफन्तजनले विरोध प्रदर्शन गरेका छन्।
ती घटनाको अध्ययन गर्न प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले उपसमिति गठन गरेको छ ।
बिहीबार बसेको बैठकले हिरासतमा भएका मृत्युबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गर्न ५ सदस्यीय उपसमिति गठन गरेको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिएका छन । उपसमितिका सदस्य भने केही दिनमा चयन गरिने बताइएको छ।