आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

भारतिय पुर्व सैनिकलाई पेन्सन लिनमा समस्या ।

सुदुर दृष्टि २ आश्विन २०७७, शुक्रबार १६:०६ मा प्रकाशित ( १0 महिना अघि) ३२१ पाठक संख्या

कञ्चनपुर । कञ्चनपुर जिल्लाको माहाकाली नगरपालिकामा रहेका भारतिय पुर्व सैनिकलाई पेन्सन लिनमा समस्या परेको छ् । माहाकाली नगरपालिकामा रहेका पुर्व भारतिय सैनिकहरु सिमावर्ती भारतिय बजार खटिमा, बनबासा, गोरखपुरमा लगाएत स्थानहरुको पेन्सन लिदै आएको भएपनि सीमा वन्दका कारण जान नपाउदा समस्या परेको छ ।
कोरोना भाइरसको कारण उनिहरु लिदै आएको पेन्सन लिन सिमा क्षेत्रमा भारतिय प्रशासनले रोक लगाएपछि उनिहरुमा घर खर्च चलाउन समस्या पर्दै आएको उनिहरुले बताएका छन् ।
सिमा क्षेत्रमा प्रत्येक महिनाको ७ तारिखको भारतिय पुर्व सैनिकलाई पेन्सन लिन खुल्ला गरितापनि सिमावर्ती भारतिय बजारमा स्थानियहरुमा कोरोना भाईरस संक्रमण देखा परेपछि सिमा क्षेत्रमा पेन्सन लिन आउने भारतिय पुर्व सैनिकलाई समेत रोक लगाएको भारतिय पुर्व सैनिकहरुले बताएका छन् । पेन्सन लिन सिमा क्षेत्रमा रोक लगाएपछि उनिहरुलाई घर खर्च चलाउन समेत असजिलो पर्दै गएको बताएका छन् ।
माहाकाली नगरपालिकामा रहेको पुर्व सैनिकका एक समुहले पेन्सन लिन रोक गरेको बिषयमा पहल गर्दै आएको बताएको छ् । माहाकाली नगरपालिका क्षेत्रमा झण्डै १ सय भन्दा बढी भारतिय सेना कार्यरत पछि पेन्सन पाउदै आएको बताईएको छ् । कोरोना भाईरसको कारण सिमावर्ती बजारका बैंकहरुमा जान रोक लगाएपछि उनिहरुलाई समस्या पर्दै आएको एक भारतिय सेनाका पुर्व सैनिक सुरज थापाले बताएका छन् ।
तर भारतीय सुरक्षा निकाय एस.एस.विले भने कोरोनाका कारण वैंकहरु फरक फरक दिन खुल्ने गरेका कारण पुरानै मितिमा पेन्सन नआउने गरेका कारण भारत गएर पनि पेन्सन पाउने आवश्था नभएको हुदा रोकने गरेको वताएका छन ।