आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

महाकाली झोलुङ्गे पुल मर्मत संभारको अभावमा जिर्ण वन्दै ।

सुदुर दृष्टि २ आश्विन २०७७, शुक्रबार १६:०९ मा प्रकाशित ( १0 महिना अघि) २९७ पाठक संख्या

कञ्चनपुर । कञ्चनपुरको महाकाली झोलुङ्गे पुल मर्मत संभारको अभावमा जिर्ण वन्दै गएको छ । एसियाकै दोस्रो लामो, नेपालको महत्त्वपूर्ण पर्यटकीय स्थलहरु मध्यको एक तथा माहाकाली नगरपालिकाको मेरुदण्डको रुपमा रहेको झोलुङ्गे पुलको अवस्था दिनदिनै जिर्ण हुदै गएको भन्दै त्यसबाट विभिन्न दुर्घटना निम्तिने मात्र नभै अबिलम्ब त्यसलाई मर्मत सम्भार नगरिए पुलनै धारासायी हुने अवस्थामालाई मध्यनजर गर्दै झोलुङ्गे पुलको यथासिघ्र मर्मत सम्भार गरिनु पर्ने स्थानीयले माग गरेका छन् ।
महाकाली झोलुङ्गेृ पुलले माहाकाली नगरपालिकालाई नेपाल संग जोडेकोले पुललाई स्थानिय सरकार, प्रदेस सरकार तथा संघिय सरकारले रेखदेख संगै मर्मत सम्भार गर्नु जरुरी रहेको स्थानीयको भनाई छ् ।
पुल जिर्ण भएपछि पुलमा आवात जावत गर्ने र पर्यटकहरुलाई निकै समस्या परेको छ् । पुलमा रहेका प्लेट टुटेका छन भने नटबोल्ट खुस्कीन थालेका छन् । बिभिन्न स्थानमा प्लेट टुट्दा बेला बखत मोटरसाईकलहरु दुर्घटना पर्दै आएपनि पुलको मर्मत स्ंभारमा कसैको चासो नभएको स्थानियहरुको गुनासो रहदै आएको छ ।