आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

कञ्चनपुरमा कृषकहरु व्यवसायिक केरा खेती तर्फ आकर्षित गर्दै ।

सुदुर दृष्टि २ आश्विन २०७७, शुक्रबार १६:११ मा प्रकाशित ( ६ महिना अघि) १७८ पाठक संख्या

कञ्चनपुर । अहिले कञ्चनपुरमा झण्डै ५ सय हेक्टर बढी जमिनमा कृषकहरु व्यवसायिक केरा खेती गरेका छन । अन्य बालीमा भन्दा केरा खेतीमा राम्रो आम्दानी हुने भएकाले यहाका कृषकहरु केरा खेती तर्फ आकर्षित भएका छन् । कञ्चनपुर व्यावसायिक केरा खेतीको हब बन्न थालेको छ । विगतमा धान र गहुँमा मात्रै आत्मनिर्भर रहेका यहाँका अधिकांश कृषकहरु पछिल्लो समय व्यावसायिक केरा खेतीतर्फ आकर्षिक भएका हुन् । उनीहरुले केरा खेतीबाटै लाखौको आम्दानी गर्न समेत सफल भएका छन् भने पछिल्लो समय जिल्ला नै केरा खेतीको हव बन्दै गएको छ ।
विदेश जानुभन्दा पनि आफ्नै देशमा केही गरौ र परिवारलाई समेत सहयोग गरी मातृभुमि मै पसिना बगाएर आत्मसम्मानको जीवन यापन गर्ने उद्देश्यका साथ व्यवसायिक केरा खेती तर्फ लागेको कृषक बिरेन्द्र प्रसाद भट्टले बताएका छन । केरा खेती नगदे बालीका रुपमा लिइने भएकाले फसल तयार हँुदा नै बेचबिखन गर्न पाइने भएकाले पनि कृषकहरु केरा खेती अपनाउन थालेका छन् ।
अढाई दशकदेखि व्यावसायिक केरा खेतीमा संलग्न जिल्लाकै प्रेरणाका स्रोतका रुपमा चिनिएका अर्का किसान केरा उत्पादन तथा प्रवद्र्धन कृषि सहकारी संस्थाका अध्यक्ष पूर्ण सिंह साउदले एक कट्टाबाट सुरु गरेको केरा खेती हाल २२ बिगाहा जमिनमा विस्तार भएको छ ।थोरै मेहनत र कम लगानीमा मनग्य आम्दानी गर्न सकिने भएकाले केरा व्यवसाय राम्रो भएको केरा उत्पादन तथा प्रवद्र्धन कृषि सहकारी संस्थाका अध्यक्ष साउद बताउँछन् । सुरुमा एक्लै केरा व्यवसायमा लागेको भएपनि हाल तीन जना युवा व्यवसायीसँग साझेदारी गरेर काम गरिरहेका छन् ।
कञ्चनपुरमा पाँच सय हेक्टर क्षेत्रफल भन्दा बढी भूभागमा केरा खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र तथा मुख्यमन्त्री एकीकृत नमूना कृषि कार्यक्रम अन्तर्गत व्यावसायिक रुपमा केरा खेतीमा संलग्न कृषहरुलाई बीउवीजनमा तथा प्राविधिक सहयोग उपलब्ध गराउदै आएको ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले वताए ।
अधिकांश क्षेत्रमा थोपा सिँचाई कार्यक्रम विस्तार विस्तार गरिएको छ । कञ्चनपुर जिल्लामा अझै पनि केरा खेतीको क्षेत्र विस्तार भइरहेको र त्यसले आत्मनिर्भरता बढने काम भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख रामचन्द्र भट्टले बताएका छन ।