आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

एसएसबीले दिल्ली जान नदिएपछि दोधारा चाँदनीका किसानले छाडे परबल खेती

सुदुर दृष्टि २ आश्विन २०७७, शुक्रबार १६:३० मा प्रकाशित ( १0 महिना अघि) ३१६ पाठक संख्या

कञ्चनपुर । कञ्चनपुरको माहाकाली नगरपालिकाका किसानले बजार अभवाका कारण परवल खेती गर्न छाडदै जान थालेका छन् । नगरपालिकाका आधा दर्जन बढी वडाका सय बढी किसान परिवारले परवल खेती गर्दै आएकोमा हाल घटेर दुई वडाका २० देखि ३५ परिवारले मात्रै परवल खेती गर्दै आएका छन । नगरपालिकाको दोधाराको परवल भारतको नयाँ दिल्ली सम्म निर्यात हुँदै आएको थियो ।
भारतीय बजारमा निर्यात हुदै आएको परवल भारतीय सीमा सुरक्षा बलले लैजानमा रोक लगाए पछि परवल खेती गर्ने किसान घट्दै गएका हुन् ।
विगतमा निर्वाध रुपमा दोधरामा उत्पादन भएको परवल भारतमा निर्यात हुँदै आएको थियो । दैनिक ३० देखि ३५ कुण्टल परवल एउटै किसानले उत्पादन गर्दथे । बजार नभएपछि हाल ३५ बढी परिवारले मुश्किलले दैनिक १५ कुण्टल जति परवल उत्पादन गर्दै आएका छन ।
उत्पादित परवल हाल स्थानिय बजार संगै महेन्द्रनगर र धनगढी सम्म बिक्री हुने गरेको छ । परवल प्रति किलो रु ५० का दरले बिक्री भइरहेको छ ।
व्यापारीले घरमै पुगेर परवल खरिद गरी लग्ने गरेको नगरपालिकाको वडा नं ८ का किसान राम बहादुर खडकाले बताउनु भयो । वडा नं ८ का १५ परिवारले परवल खेती गरेका छन । यसैगरी वडा नं १० का २० बढी परिवार परवल खेतीमा संलग्न छन् ।
महाकाली नदीमा रहेको झोलुङ्गे पुल भएर साईलक र मोटरसाईकलमा परवल लैजानु पर्ने यहाँका किसानलाई बाध्यता छ । ढुवानी गर्न नसक्दा समेत उत्पादीत परवले बजार पाउन नसकेको स्थानिय किसानहरुको भनाई छ ।
दश कठ्ठा देखि एक विगहा क्षेत्रफलमा हुँदै आएको परवल खेतीबाट बार्षिक रुपमा यहाँका कृषकले विगतमा एक लाख देखि पाँच लाख रुपैंया आम्दानी गर्दै आएका थिए । हाल थोरै मात्रै किसानले परवल खेती गर्दै आएका छन् ।
हाल किसानले परवल बेचेर रु ४० हजार देखि ७० हजार सम्म आम्दानी गर्दै आएका छन । बलौटे दोमट माटोमा फस्टाउने परवलका लागि दोधाराको माटो उर्वर मानिन्छ । माघ फागुनको महिना रोपेको परवलले बैशाख देखि कात्तिक सम्म उत्पादन दिने गर्दछ ।
नगरपालिकाको दोधारामा उत्पादन हुने परवलको बजारीकरण गर्न सकिए उत्पानमा बृद्धि संगै किसानको आयस्तरमा बृद्धि गर्न सकिने नगरपालिकाका नगर प्रवक्ता दिल बहादुर सिजालीले बताए ।
परवल खेती प्रर्वद्धनका लागि योजना ल्याउन लागेका छौं उनले भने, ‘वडा मार्फत परिचालन हुने गरी रु ३० लाख र नगर प्रमुख कृषि प्रर्वद्धन कार्यक्रम अन्र्तगत रु १५ लाख बजेट कृषि क्षेत्रमा परिचालन गर्नका लागि विनियोजन गरिएको छ ।’
कार्यविधि बनाएर छिट्टै कृषिका लागि योजना बनाउन लागिएको उल्लेख गर्दै उनले परवल खेतीलाई प्राथमिकतामा राखेर योजना बनाईने बताए ।
कृषि योजना अन्र्तगत किसानलाई आधुनिक तरिकाले खेती गर्ने तालिम, उन्नत जातको बीउविजन, मलखाद र बिषादीको व्यवस्था संगै आधुनिक कृषि औजार र उपरकणमा अनुदान दिने व्यवस्था गरिने बताईएको छ ।