आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

बि.पि कोईराला युवा नेतृत्व बिकास मञ्चले गणेमान सिंहको स्मृति दिबस मनायो ।

सुदुर दृष्टि २ आश्विन २०७७, शुक्रबार १८:०५ मा प्रकाशित ( ६ महिना अघि) ४७२ पाठक संख्या

कञ्चनपुर । कञ्चनपुरमा बि.पि कोईराला युवा नेतृत्व बिकास मञ्च कञ्चनपुरले आज सर्बाेच्च कमाण्डर गणेमान सिंहको स्मृति दिबस मनाएको छ । कञ्चनपुरको बेतकोट नगरपालिका ७ रौटेला मा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा फलफुल बितरण गर्दै मनाएको हो ।
बिकास मञ्चका संयोजक ईन्द्र साउदको नेतृत्वमा लो पुरुष गणेशमान सिंहको २३ औं स्मृति दिबस बृद्धाआश्रममा फलफुल बितरण मनाईएको बिकास मञ्चका बरिष्ठ उपाध्यक्ष सुबास उपाध्यायले बताएका छन ।
नेपालको राजनितिक तथा सामाजिक परीबर्तनका सर्बोच्च कमाण्डर गणेशमान सिंहले नेपालको बिकास र समृद्धि तथा जनताको हकहितका लागि अतुलनिय योगदान गरेको तर लोहपुरुषको कदर र सम्मान हुन नसकेको भन्दै बिकास मञ्चका संयोजक ईन्द्र साउदले चिन्ता ब्यक्त गरेका छन ।
सर्बाेच्च कमाण्डर गणेशमान सिंहले नेपाली जनताको अधिकार प्राप्तीका लागि गर्नु भएको योगदान अतुलनिय रहेकोले उहाँलाई सबैले सम्मान गर्नु पर्नेमा समेत उहाँले जोड दिएका छन । बर्तमान युवा पुस्ता र नेताहरुले पुराना ब्यक्तिहरुले गरेको योगदान बिर्सिदै जानु दुखद भएको समेत संयोजक साउदले बताएका छन । पहिलो खुड्किलोको स्मरण गरे बिना सिढि चढ्ने प्रयास बर्तमान समयका ब्यक्तिहरुले गर्ने भएकोले समाजको बिकास र प्रगति हुन नसकेको उनले बताएका छन । आगामि दिनमा बि.पि कोईराला युवा नेतृत्व बिकास मञ्च कञ्चनपुरले सामाजिक कार्य जाने समेत बताएका छन ।
फलफुल बितरण कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा कञ्चनपुर पुर्ब पार्टि सभापति यज्ञ राज जोशि , नेपाल कांग्रेस कञ्चनपुरका सभापति हरी प्रसाद बोहरा, , नेपाल कांग्रेस कञ्चनपुरका कोपाध्यक्ष संकर चन्द, नेपाल कांग्रेस भिमदत्तका नगर सभापति पदम राज अबस्थि , तरुणदल कञ्चनपुरका सभापति महेश चन्द, सचिब बिबेक जोशि बसन्त, कोषाध्यक्ष राधिका जोशि, नेपाल बिधार्थि संघका निर्बतमान सहमहामन्त्रि अच्युत कलौनि,युवा उद्यमि तथा समाजसेबि करन पाल लगायतका कांग्रेसका नेताहरुको सहभागिता रहेको थियो ।
बेतकोट नगरपालिका ७ रौटेला मा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा १४ जना जेष्ठ नागरीकहरु बस्दै आएका छन ।