आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

तरुणदल कञ्चनपुरले गणेमान सिंहको स्मृति दिबस मनायो ।

सुदुर दृष्टि २ आश्विन २०७७, शुक्रबार १८:१२ मा प्रकाशित ( १0 महिना अघि) ३४८ पाठक संख्या

कञ्चनपुर । कञ्चनपुरमा तरुणदल कञ्चनपुरले आज सर्बाेच्च कमाण्डर गणेमान सिंहको स्मृति दिबस मनाएको छ । कञ्चनपुरको बेतकोट नगरपालिका ७ रौटेला मा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा फलफुल बितरण गर्दै मनाएको हो ।
तरुणदल कञ्चनपुरको आयोजनामा लोहपुरुष गणेशमान सिंहको २३ औं स्मृति दिबस बृद्धाआश्रममा फलफुल बितरण गरी मनाईएको तरुणदल कञ्चनपुर कोषाध्यक्ष राधिका जोशिले बताइन् ।
तरुणदल कञ्चनपुरका सभापति महेश चन्दको सभापतित्वमा गरीएको फलफुल बितरण कार्यक्रममा नेपाली काग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा पुर्ब पार्टि सभापति यज्ञ राज जोशि प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा नेपाल कांग्रेस कञ्चनपुरका सभापति हरी प्रसाद बोहरा, ,नेपाल कांग्रेस कञ्चनपुरका कोपाध्यक्ष संकर चन्द, नेपाल कांग्रेस भिमदत्तनगरका नगर सभापति पदम राज अबस्थि ,तरुणदल कञ्चनपुरका सचिब बिबेक जोशि बसन्त, नेपाल बिधार्थि संघका निर्बतमान सहमहामन्त्रि अच्युत कलौनि लगायतका कांग्रेसका नेताहरुको सहभागिता रहेको थियो ।
बेतकोट नगरपालिका ७ रौटेला मा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा १४ जना जेष्ठ नागरीकहरु बस्दै आएका छन ।