आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

लोक तथा देउडा गायक लाल बहादुर धामिको गित “यो सराबि बड्डो ” सार्बजनिक ।

सुदुर दृष्टि २ आश्विन २०७७, शुक्रबार २१:०८ मा प्रकाशित ( १0 महिना अघि) ३८७ पाठक संख्या

कञ्चनपुर । लोक तथा देउडा गायक लाल बहादुर धामि अछामि बड्डाको नयाँ गित “यो सराबि बड्डो ” सार्बजनिक भएको छ । दर्जनौ गितमा स्वर दिईसकेका गायक धामिको नयाँ गित “यो सराबि बड्डो ” अछामि बड्डो युटुब च्यानल बाट सार्बजनिक भएको हो ।
यो अछामी बड्डो, डोटि कि छोर्याट्टी,बड्डो आयो डिजेमा,नाच नाच बड्डाउ,मास्टरकि छोरी लगायतका ४ दर्जन भन्दा बढि गितमा स्वर दिईसकेका र धेरै गितमा अभियन समेत गरीसकेका गायक धामिको नया यो सराबि बड्डोमा गायिक गौरी भट्ट र धामिको स्वर रहेको छ ।
यो सराबि बड्डोमा देब कठायतको शब्द,राजेन्द्र साह बिपिको संगित, प्रदिप पाल,झर्ना बोहरा,मिलन साह बाबुको अभियन गरेको यो सराबि बड्डोको निर्देशन गायक तथा निर्देशक अराज केशब गीरीले गरेका छन । गितमा सुदुरपश्चिमका मानिसहरुको सामाजिक र आर्थिक अबस्था तथा परदेश र स्वदेशको पिडा समेटिएको छ । मान्छेको भाग्य र परदेशमा श्रीमान रहदाको पिडा र घर चलाउदा श्रीमतिलाई हुने कष्ट लाई गितमा उजागर गर्ने प्रयास गरीएको छ ।