आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

सुदूरपश्चिममा शुक्रबार थप २१ जनामा कोरोना पुष्टि ।

सुदुर दृष्टि २ आश्विन २०७७, शुक्रबार २१:१४ मा प्रकाशित ( ६ महिना अघि) २१७ पाठक संख्या

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २१ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका दुई वटा प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका ६ जना सहित २१ जनामा संक्रमण पुष्टि भएको हो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६ जना र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा १५ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा ८४० जनाको कोरोना परिक्षण भएको थियो ।यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ६२८ नमुनामहरुमध्ये ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले दुई जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको बताए ।उनले कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ का दुई महिला र एकजना पुरुष, वडा नम्बर ४ का एकजना र टीकापुर नगरपालिकाको वडा नम्बर १ का दुई जना गरी ६ जनामा कोरोना पोजेटिभ देखिएको बताए ।
यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका २१२ नमुनाहरुमध्ये १५ जनामा संक्रमण पुष्टि भएको हो ।प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले पछिल्लो २४ घण्टामा अछामका १५ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।
उनले जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका ७ जना पुरुष र ८ जना महिला गरी जम्मा १५ जनामा संक्रमण देखिएको बताए ।अन्य १९७ जनाको परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ७ सय ३६ पुगेको छ।