आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

पुस लागेसँगै चिसो ह्वात्तै बढ्यो ।।

सुदुर दृष्टि २ पुष २०७७, बिहीबार ११:०१ मा प्रकाशित ( ७ महिना अघि) २८६ पाठक संख्या

पुस लागेसँगै कञ्चनपुर सहित देशभर चिसो ह्वात्तै बढेको छ । तराईमा लागेको बाक्लो हुस्सु र सितलहरले जनजिबन प्रभाबित गरेको छ । उच्च हिमाली जिल्लाहरुमा तापक्रम माइनसमा झरेको छ । जुम्ला, जिरी, जोमसोम लगायतका ठाउँमा तापक्रम माइनसमा झरेको हो । हिजो जुम्लामा सबैभन्दा कम तापक्रम माइनस ७ दशमलव १ डिग्रीमा झरेको थियो । आज काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री रहेको थियो ।अहिले पूर्वी तथा पश्चिमी नेपालको तराई भू-भागमा हुस्सु-कुहिरो लागेको छ । आज दिउँसो प्रदेश नम्बर १ तथा गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेकाले बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।आज राति भने देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहने र बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।