आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

बैतडीको मेलौलीमा औद्योगिक ग्राम स्थापनाको काम सुरु

सुदुर दृष्टि २ पुष २०७७, बिहीबार ११:०५ मा प्रकाशित ( ३ महिना अघि) १९० पाठक संख्या

 

बैतडीको मा औद्योगिक ग्राम स्थापनाको काम अगाडि बढाइएको छ ।  औद्योगिक ग्राम स्थापनाका लागि भौतिक संरचना निर्माणको काम पुस महिनाभित्रै सुरु हुने भएको हो ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा रहेकाले केही दिनभित्रै औद्योगिक ग्राम स्थापनाका लागि भौतिक संरचनाका काम अगाडि बढ्ने नगरपालिकाले जनाएको छ । केही दिनभित्रै विस्तृत परियोजना प्रतिवेदन आउने र त्यसपछि भौतिक संरचनाको कामलाई अगाडि बढाइने मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले बताए । उनले भने, “प्रतिवेदन आएपछि बोलपत्र गर्ने कि उपभोक्तालाई काम दिने भन्ने टुङ्गो लाग्छ, सबैभन्दा पहिला सडक निर्माण गर्ने, खानेपानीको व्यवस्थापन गर्ने, फिल्ड कटिङको काम हुनेछ ।” बहुवर्षीय योजना भए पनि औद्योगिक ग्राम स्थापनाका  कामलाई अब ढिलाइ नगरिने नगरप्रमुख नायकको भनाइ छ ।

नगरपालिकाको वडा नं १, ३, ५ र ६ सीमाक्षेत्र सिरोडामा औद्योगिक ग्राम स्थापना हुन लागेको हो । सङ्घीय सरकारले औद्योगिक ग्राम स्थापनाका लागि गत वर्ष नै ९२ लाख पठाइसकेको छ । औद्योगिक ग्रामका लागि उक्त क्षेत्रमा फलाम, चुनढुङ्गा, तामालगायतका खानी रहेका छन् । यीबाहेक, नेपाली कागज बनाउने लोक्ता, बाँस निगालो, केत्तुके, भिमल, सल्लाको खोटो, जडीबुटीतर्फ रिठ्ठा, अमलालगायतको बहुमूल्य खानी रहेका छन ।

मेलौलीमा औद्योगिक ग्राम स्थापना भएपछि स्थानीयस्तरमै रोजगारीको सिर्जना हुने विश्वास गरिएको छ । सरकारले साना तथा घरेलु उद्योग स्थापनालाई प्रोत्साहन गरी उद्यमशीलता र रोजगारी सिर्जना गर्न औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको हो ।