आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

जैविक विविधता संरक्षण र मानव वन्यजन्तु असमझदारी व्यवस्थापनमा सरोकारवलाको जोड

सुदुर दृष्टि ३ पुष २०७७, शुक्रबार १०:५८ मा प्रकाशित ( ३ महिना अघि) ३२४ पाठक संख्या

कृष्ण साउद , महेन्द्रनगर

जैविक विविधता संरक्षण र मानव वन्यजन्तु विच रहेको असमझदारीको व्यवस्थापनका लागी मध्यवर्ती क्षेत्रका जनता र निकुञ्ज प्रशासनले एक आपसमा समन्वय गरेर अगाडी वढ्नु पर्ने कार्यक्रमका सहभागीहरुले वताएका छन । ताल कार्यक्रमको सहयोगमा शुक्लाफाटा राष्ट्रिय निकुञ्जको हात्तिसारमा आज आयोजीत जैविक विविधता संरक्षण मानव वन्यजन्तु असमझदारी व्यवस्थापन वन्यजन्तु रहत निर्देशीका तथा अवैद्य चोरी शिकार नियन्त्रण सम्वन्धी समन्वय बैठकका सहभागीहरुले मानव र वन्यजन्तु विच विगत लामो समय देखि एक प्रकारको द्धन्द्ध हुदै आएको र त्यसवाट मानव र वन्यजन्तुलाई फाईदा नभई वेफाईदा मात्र हुने गरेकाले त्यसको दिर्घकालीन समाधानका लागी सरोकारवाला सवैले एकमत भएर अगाडी वढ्नु पर्ने सहभागीहरुले वताएका छन ।

शुक्लाफाटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समिति मझगाउ कञ्चनपुरका अध्यक्ष लव वहादुर विष्टले मानव वन्यजन्तु असमझदारी व्यवस्थापनका लागी समितिले निकुञ्ज वरपर मेसवाएर तारका र विद्युतीय तार लगाएर वन्यजन्तुलाई मानव वस्तीमा प्रवेश गर्नवार्ट रोक्ने कार्य गरेको भएपनि मध्यवर्ती क्षेत्रका वासिन्दाहरुले निकुञ्जवाट घास दाउरा चोरी गर्ने उद्देश्यले तारजाली काट्ने गरेकोमा गुनासो गर्नु भएको छ । उहांले जैविक विविधता संरक्षण गर्न कुनै एक निकायले मात्र लागेर नहुने भएकाले सवैले आ–आफ्नो क्षेत्रवाट सहयोग गर्नु पर्ने वताउनु भएको छ । साथै उहांले पछिल्लो समय बादरले मध्यवर्ती क्षेत्रमा खेतीपाली नष्ट गर्ने गरेको र त्यसको राहात माग्न भनेर जनगुनासो धेरै आउने गरेको तर रहत निर्देशीकामा त्यो व्यवस्था नभएकाले रहत दिने नसकिने वताउदै रहत निर्देशीका संसोशनका लागी आवश्यक पहल गर्ने वताउनु भएको छ ।

कार्यक्रममा बोल्दै निकुञ्जका रेन्जर यम वहादुर रावतले निकुञ्ज भित्रको सुरक्षाका लागी सेना र गेमिस्काउटको टोली भएपनि रातीको समयमा निकुञ्ज बाहिरवाट वन्यजन्तुलाई हानि हुने गतिविधि हुने गरेकाले त्यसको नियन्त्रणका लागी मध्यवर्ती क्षेत्रका बासिन्दाले सहयोग र सहकार्य गर्नु पर्ने वताउनु भएको छ । साथै उहांले नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले पनि चोरी सिकारी नियन्त्रणमा विगत देखि सहयोग गर्दै आएको र आउदा दिनमा पनि अझै सहयोग र समुन्वय गर्नुपर्ने वताउनु भएको छ । साथै उहांले वन्यजन्तुले कसैको सम्पत्रीमा क्षेती गरेको रहत दिन प्रहरी घटना स्थज मुचुल्का आवस्यक भएकाले त्यसमा क्षेतीको एकिन अनिवार्य गर्न समेत प्रहरीलाई अनुरोध गर्नु भएको छ ।
कार्यक्रममा निकुञ्ज सुरक्षर्थी खटिएका देवी दल गणका पिपरैया गुल्मका निमित्त गुल्मपती निरज गुरुङ्गले सेना सदैव वन्यजन्तु र जैविक विविधता संरक्षणमा खटिएको भएपनि स्थानीय बासिन्दाको सहयोग र साथ विना एकलो पर्ने भएकाले सवैको सहयोग आवश्यक रहेको वताउनु भएको छ ।
कार्यक्रममा समुदाय स्तरमा चोरी शिकार नियन्त्रण समितिका अध्यक्ष महेश भट्टले आफुहरु जैविक विविधता संरक्षण र जन्यजन्तु संरक्षणका लागी जुन सुकै समयमा पनि निस्वार्थ भावनाले सेवा गर्न तयार रहेको वताउनु भएको छ । कार्यक्रममा मध्यवर्ती क्षेत्र अन्तरगत भीमदत्तनगरपालीका १४ र १३ का समितिको सहभागीता रहेको थियो ।