३ पुष कञ्चनपुर
पुर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा सवारीसाधन रोक्न नपाईने भएको छ । राजमार्गमा आवतजावत गर्ने व्यक्तिहरुले निकुञ्ज क्षेत्रमा दिशा पिसाव गर्ने,फोहर फाल्ने गरेका कारण वन्यजन्तुलाई अप्ठेरो पर्न गएकाले निकुञ्जले उक्त क्षेत्रमा कुनै पनि सवारी साधन रोक्ने निषेधित क्षेत्र घोषणा गरेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल वहादुर पुर्जा पुनले वताउनु भएको छ ।
आज मात्रै ५० भन्दा वढि मोटरसाईकलहरुलाई सेना र निकुञ्ज प्रशासनका कर्मचारीहरुले नियन्त्रणमा लिएर पहिलो पटकमा सम्झाई वुझाई छोडिएको पुर्व सेक्टर अर्जुनीका रेन्जर धर्मराज साउदले वताउनु भएको छ । उहांले भोली देखि सवारी साधन रोक्ने निषेधित क्षेत्रमा सवारी साधन रोकेको पाईए निकुञ्जको कानुन अनुसार कार्वाही गरिने समेत वताउनु भएको छ । निकुञ्ज क्षेत्रमा फालीएका फोहरहरु सफाई गरिएको र राजमार्ग क्षेत्रमा रहेको छाडीहरु समेत सफाई गरिएको उहांले वताउनु भएको छ ।