आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

भीमदत्तमा आइतबारदेखि विद्यालय बन्द हुने

सुदुर दृष्टि ४ पुष २०७७, शनिबार १३:१७ मा प्रकाशित ( ३ महिना अघि) २०६ पाठक संख्या

 

 

२०७७ पुष ४ गते 

चिसोसँगै कोरोना संक्रमणको जोखिम बढेकाले कञ्चनपुरको भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय भएको छ।

शुक्रबार बसेको नगर शिक्षा समितिले विद्यालयलगायत नगर क्षेत्रमा रहेका सम्पूर्ण शैक्षिक संस्थाहरु आइतबारदेखि बन्द गर्ने निर्णय गरेको हो। अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण शैक्षिक संस्था बन्द रहने नगरपालिकाका शिक्षा शाखा प्रमुख हरीदत्त जोशीले बताए।

भीमदत्त नगरपालिकामा निजी र सामुदायिक गरी १२६ विद्यालय छन्।