४ पुष, कञ्चनपुर
शुक्लाफाटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बादरले आतंक माच्चाएको छ । निकुञ्जवाट निस्केका बादरहरुले गहुवालीका वोटहरु उखेल्ने,सागतरकारी खाने,घर भित्र पसेर कपडा,भाडा कुडा लैजाने जस्ता कृयाकलाप गर्न थालेपछि स्थानीय हैरान भएका छन ।
निकुञ्जले अन्य वन्यजन्तु मानव वस्तीमा पस्न नदिन मेसवाईरको तारवार लगाएको भएपनि बादरलाई नियन्त्रण गर्न ठोस कुनै योजना नहुदा स्थानीयले हैरानी खेप्नु परेको छ । ग्रामिण भेगमा मात्र नभई सदरमुकाम महेनद्रनगर वजार क्षेत्रमा पनि बादरले आतंक मच्चाउने गरेको स्थानीयले वताएका छन ।
मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष लब बहादुर विष्टले बादर जुन सुकै ठाउमा पनि सहजै पुग्न सक्ने जनावर भएकाले त्यसको नियन्त्रण प्राय असम्भव जस्तै भएको वताउनु भएको छ । उहांले बादरले गरेको हानी नोक्सानीको रहत दिने समेत रहत निर्देशीकामा कुनै व्यवस्था नभएकाले त्यसको परिमार्जनका लागी आवश्यक पहल गरिने वताउनु भएको छ ।