आज: ५ असार २०७८, शनिबार | Sat, 19, Jun, 2021
FLASH NEWS

कोरोनाका कारण शुन्य भएको शुक्लाको पर्यटन क्षेत्र चलाएमान हुदै

सुदुर दृष्टि ७ पुष २०७७, मंगलवार १४:२६ मा प्रकाशित ( ५ महिना अघि) २९९ पाठक संख्या

७ पुष कञ्चनपुर

गत चैत्र देखि कोरोना भाइरसको सङ्क्रमणसँगै शुन्य भएको शुक्लाफाटा राष्ट्रिय निकुञ्जको पर्यटन क्षेत्र चलायमान हुन थालेको छ । विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि शुक्लाफाटा राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको कार्तिक महिना देखि जंगल सफारी शुरु गरेपछि त्यहांको पर्यटन क्षेत्र केही चलायमान भएको हो ।

आन्तरिक पर्यटन मार्फत क्रमिक रूपमा चलायमान बन्दै गएको शुक्लाफाटा राष्ट्रिय निकुञ्जको प्रचारका लागि विविभन्न अभियान शुरु गर्न लागिएको सहायक संरक्षण अधिकृत रविन चौधरीले वताउनु भएको छ ।
उहांले कार्तिक महिनाको १ गतेवाट स्वास्थ्य मापदण्ड अपनाएर जंगल सफारी गर्ने पर्यटकहरुलाई प्रवेश दिएपछि मंसिर सम्म दुई महिनाको अवधिमा ३ सय ९५ जना आन्तरीक पर्यटक घुम्न आएको वताउनु भएको छ ।
सो अवधिमा निकुञ्ज घुम्न आएका आन्तरीक पर्यटकहरुवाट १ लाख १५ हजार ९० रुपैया राजस्व संकलन भएको सहायक संरक्षण अधिकृत चौधरीले वताउनु भएको छ ।
कोरोना भाइरसका कारण पर्यटन व्यवसाय ठप्प भएको भन्दै उहाँले स्वदेशभित्र घुम्न र पर्यटकलाई आकर्षित गर्न जंगल सफारी खोलीएकोे जानकारी दिनुभयो ।
शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा बह्रसिंगे, दुर्लभ वन्यजन्तु गैँडा, बाघ, खर मजुर,हात्ति लगायत जनावर हेर्न स्वदेशी पर्यटक आउने गर्छन् । शुक्लाफाटा विश्वकै एक मात्र सानो क्षेत्रमा ठुलो झुन्डमा बह्रसिंगे पाउने निकुञ्ज हो ।