आज: २२ श्रावण २०७८, शुक्रबार | Fri, 06, Aug, 2021
FLASH NEWS

भी.न.पा १३ ले महाकालीमा उत्खन्नको निगरानी बढाउने

सुदुर दृष्टि ७ पुष २०७७, मंगलवार १४:३३ मा प्रकाशित ( ७ महिना अघि) ३१९ पाठक संख्या

 ७ पुष कञ्चनपुर
कञ्चनपुरको भीमदत्त नगरपालिका १३ नम्बर वडा कार्यालयले महाकाली नदीबाट नदीजन्य पदार्थको उत्खननमा निगरानी बढाउने भएको छ ।
वाफर नेपालले सञ्चालन पानी परियोजना अन्र्तगत सञ्चालन गरेको दिगो उत्खनन अभ्यासका लागि स्थानीय सरकारलाई प्रवद्र्धन कार्यक्रम अन्र्तगत वडा कार्यालयमा गरिएको बैठक तथा छलफलबाट निगरानी गर्ने निणर्य गरिएको छ ।
वडा अध्यक्ष लाल बहादुर शाहीले महाकाली नदीमा आइइई गरी नदीजन्य पदार्थ उत्खनन गरिए पनि त्यसलाई व्यवस्थित बनाउन आवश्यक भएकाले त्यसका लागि निगरानी बढाइने बताउनु भएको छ ।
नदीबाट मापदण्ड विपरित उत्खनन हुने गरेकाले त्यसको नियन्त्रणका लागि परियोजना अन्र्तगतका समूहसित समन्वयमा निगरानी गरिने अध्यक्ष शाहीको भनाई छ ।
उहांले महाकाली नदीमा कञ्चनपुर सहित बाहिर जिल्लाका वासिन्दा समेत नदीजन्य पदार्थ उत्खनन कार्यमा संलग्न भएकाले उनीहरुको स्वास्थ्य जाँच सहित सामाग्रीको समान मूल्य तोकिनु पर्नेमो जोड दिनु भयो ।
बैठकले रामघाट माछा संरक्षण समूहलाई माछा संरक्षणका लागि निरन्तर परिचालन गर्न पर्ने निणर्य गरेको छ । पानी परियोजना अन्र्तगत गठन गरिएको समूहमा स्थानीय रामु सुनार समूहका संयोजक छन् ।
परियोजनाले मत्छवार समुदायको जीवन यापन सहित माछाहरुको बासस्थान, माछा संरक्षण, नदीजन्य पदार्थको व्यवस्थित उत्खननलाई प्रांथमिकता दिएको परियोजनाका फिल्ड संयोजक शारदा जोशीले बताइन् ।
महाकाली नदीमा माछा संरक्षणका लागि नियमित पानी प्रवाह हुनु पर्ने आवश्यकता देखिएको बैठकमा छलफल गरिएको छ । भारतले शारदा ब्यारेज आफू खुुसी सञ्चालन गर्दा नियमति पानी नआएर माछा संरक्षणमा असहज बन्न पुगेको छ ।
महाकाली नदीमा पानीको अनियमित प्रवाहले माछा पाइन छाडेपछि सुनाहा समुदायले माछा मार्न छाडेका छन् । वडा कार्यालयले गत वर्ष उनीहरुका लागि पोखरी बनाएर माछा पालन कार्यक्रम ल्याएको थियो । बैठकबाट नदीजन्य पदार्थ उत्खननका लागि वडा कार्यालयबाट अनुगमन समेत गरिने निणर्य गरिएको छ ।