आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

कञ्चनपुरको भिमदत्तनगरपालिकाको सम्पुर्ण कामकाज ७ दिनका लागि बन्द ।

सुदुर दृष्टि ७ पुष २०७७, मंगलवार २०:३१ मा प्रकाशित ( ३ महिना अघि) २२९ पाठक संख्या

 

कञ्चनपुर । कञ्चनपुरको भिमदत्तनगरपालिकाको सम्पुर्ण कामकाज ७ दिनका लागि बन्द गरीएको छ । नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि नगरपालिकाका सम्पुर्ण कामकाज ७ दिनका लागि बन्द गरीएको हो ।

नगरपालिकाले मंगलबार एक सुचना जारी गर्दै भिमदतनगरपालिकाका केहि कर्मचारीमा कोरोना देखिएकोले ७ लागि बन्द गरीएको नगरपालिकाका निमिक्त प्रसासकिय अघिकृत हरी दत्त जोशिले बताउनु भएको छ । उहाँका अनुसार भोलि बुधबार ८ गते देखि १४ गते सम्म नगरपालिका बन्द रहने भएको छ ।

आम सेवाग्राहिमा नगरपालिका बन्द गरीदा पर्न जाने असुबिधा प्रति क्षमाप्रार्थि रहेको समेत नगरपालिकाले जनाएको छ ।