आज: ५ असार २०७८, शनिबार | Sat, 19, Jun, 2021
FLASH NEWS

आज वाट शुक्लाफाटामा खर खडाई सुरु ,पहिलो चरणमा पूर्वी सेक्टरमा

सुदुर दृष्टि १० पुष २०७७, शुक्रबार १०:२७ मा प्रकाशित ( ५ महिना अघि) ३१३ पाठक संख्या

१० पुष, कञ्चनपुर .

शुक्लाफाटा राष्ट्रिय निकुञ्जले आज वाट यस वर्षको खर खडाई सुरु गरेको छ । पहिलो चरणमा आज देखि १२ गते सम्म निकुञ्जको पूर्वी सेक्टरमा खर खडाई सञ्चालन गरिएको सहायक संरक्षण अधिकृत रविन चौधरीले वताउनु भएको छ ।
आज बेल्डाडी गाउपालीका ,शुक्लाफाटा नगरपालीका र वेदकोट नगरपालीकाको हात्तिथला क्षेत्रमा रहेका न्युन आय भएका गरिव घरपरिवारका करिव एक हजार भन्दा वढि मानिसहरु खर खडाईका लागी निकुञ्जमा गएको उहांले वताउनु भएको छ ।
विहान ७ वजे देखि सांझ ५ वजे सम्म खर खडाईका लागी निकुञ्ज प्रवेश दिईएको समेत सहायक संरक्षण अधिकृत चौधरीले वताउनु भएको छ ।
उहांले दोस्रो चरणमा पुष १३ गते देखि १५ गते सम्म निकुञ्जको पश्चिम सेक्टर तर्फ खर खडाई खोलीने वताउनु भएको छ । त्यसका लागी आजवाट नजिकका रेन्टर पोष्टहरुमा रु.५० को टिकट काट्ने काम सुरु गरिएको वताउनु भएको छ ।
सयै मानिसहरु निकुञ्ज भित्र प्रवेश गर्ने भएकाले वन्यजन्तुको चोरी सिकारी र काठ तस्करी नहुन दिन निकुञ्ज प्रशासन र सेनाको देवी दल गणले सुरक्षा चेकजांच गरि रहेको वताउनु भएको छ ।
निकुञ्जको सरसफाई र न्यून आय भएका गरिवहरु जनताहरुलाई फुसले वनेका घर र गोठको छानो छाउने कामका लागी खर प्रयोग गर्ने हुदा प्रत्येक वर्ष खर खडाई खोल्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।