आज: ५ असार २०७८, शनिबार | Sat, 19, Jun, 2021
FLASH NEWS

संरक्षणका लागी सरोकारवाला सित अन्तरक्रिया

सुदुर दृष्टि १२ पुष २०७७, आईतवार १२:२२ मा प्रकाशित ( ५ महिना अघि) ३३१ पाठक संख्या


१२ पुष ,कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा न.१३,बैजनाथ टोल विकास संस्थाले शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा खरखडाईका लागी जाने स्थानीयहरुलाई मानव वन्यजन्तु असमझदारी व्यवस्थापन तथा अवैध चोरी शिकार नियन्त्रण सम्बन्धि जानकारी गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
निकुञ्जको पश्चिमि सेक्टर तर्फ भोलीवाट खर खडाई सुरु हुने भएकाले सो अवधिमा हुन सक्ने चोरी शिकारी,काठ तस्करी र वन्यजन्तु सिकार लगाएत वन्यजन्तुवाट मानवलाई हुन सक्ने हानिका वारेमा जानकारी गराईएको टोल अध्यक्ष महेश भट्टले वताउनु भएको छ ।
कार्यक्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेन्जर याम बहादुर रावत ले कहिलेकाही जंगली जनावर र मानव बीच असमझदारी देखिने सम्भावना रहे पनि मध्यवर्ती क्षेत्रबासी र निकुञ्ज को घनिष्ठ सम्बन्ध रहनु पर्ने,अन्यथा संरक्षणको अभियान अधुरो हुन वताउनु भएको छ ।

 

शुक्लाफाँटा समुदायमा हुने अवैध चोरी शिकार नियन्त्रणमा टोलबासीहरुको महत्त्वपूणर् भुमिका रहने भएकोले सानो क्षेत्रफल भित्र धेरै प्रजातिका वनस्पति तथा वन्यजन्तु पाइने सुदुरपश्चिम प्रदेशकै आकर्षक गहनाका रुपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज को संरक्षणमा सम्पुणर् सरोकार पक्षहरुले जोड दिनुपर्ने बताउनु भएको छ । साथै उहांले खर खडाईको समयमा आफु र वन्यजन्तुको सुरक्षा हुने गरि निकुञ्जमा प्रवेश गर्न अनुरोध समेत गर्नु भएको छ ।
भीमदत्तनगरपालीका वडा नम्वर १३ का वडा सदस्य अजब सिंह ठगुन्नाले जैविक विविधता संरक्षण,मध्यवर्ती क्षेत्रमा हुने मानव वन्यजन्तु असमझदारी ब्यवस्थापनका लागि आफू ब्यक्तिगत र संस्थागत रुपले निरन्तर सक्रिय रहने बताउनु भयो ।
देवी दल गणका उप सेनानी निरज गुरुङ का अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संरक्षणमा देवीदल गण ले विभिन्न सुरक्षा प्रविधिको प्रयोग गरेर,विभिन्न किसिमका अपरेसन मार्फत, गाउँ टोलस्तर,विद्यालय मा संरक्षण शिक्षा प्रदान गरि निकुञ्ज संरक्षण र विभिन्न पक्षसंग हातेमालो गरि सामाजिक दायित्व समेत निर्वाह गरि रहेको वताउनु भयो ।
कार्यक्रम शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज,देवीदल गण, झोलुङ्गे प्रहरी चौकी र द किङ्स युथ क्लब को सहकार्य मा सम्पन्न भएको थियो ।