आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

नेकपा पार्टी कार्यालयमा दुबै समूहबीच झडप, ठूलो संख्यामा प्रहरी परिचालन ओली समूहले लगाएको ताला प्रचण्ड नेपाल पक्षले तोड्यो

सुदुर दृष्टि १२ पुष २०७७, आईतवार १२:२६ मा प्रकाशित ( ३ महिना अघि) २५५ पाठक संख्या

दुई समूहमा विभाजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का दुबै समूहका कार्यकर्ताबीच पार्टी कार्यालयमा झडप भएको छ ।

नेकपाको प्रचण्ड नेपाल समूहले दिउँसो पार्टी कार्यालयमा राखेको विस्तारित बैठक अघि ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयको प्रवेशद्वारमा ताला लगाएपछि दुबै पक्षबीच झडपको अवस्था आएको हो ।

प्रचण्ड नेपाल समूहले ताला लगत्तै खोलेपछि दुबै समूहका कार्यकर्ताबीच पार्टी कार्यालयमा झडप भएको हो । अहिले पनि दुबै समूहका कार्यकर्ता पार्टी कार्यालय मदन आश्रित सदनमा छन् ।

पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएका छन् । कैलाली पार्टी कार्यालयमा झडप भएपछि गत सातादेखि दुई प्रहरी कार्यालयमा खटाइएका थिए ।

नेकपाको प्रचण्ड नेपाल समूहले दिउँसो १२ः३० बजे पार्टी कार्यालयमा विस्तारित बैठक बोलाएको छ । बैठकको सूचना बाहिर आएपछि ओली समूहका कार्यकर्ता सामाजिक सञ्जालबाट त्यसको विरोधमा उत्रिएका थिए ।