आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

शुक्लाफाटा निकुञ्जको दोस्रो चरणको खर खडाई आजवाट सुरु

सुदुर दृष्टि १३ पुष २०७७, सोमबार १०:०१ मा प्रकाशित ( ३ महिना अघि) २४४ पाठक संख्या

 

 

 

 

 

 

१३ पुष कञ्चनपुर  .

शुक्लाफाटा राष्ट्रिय निकुञ्जको दोस्रो चरणको खर खडाई आजवाट पश्चिम सेक्टर तर्फ सुरु भएको छ । आज वाट तिन दिन पुष १५ गते सम्म खर खडाई सञ्चालन रहने निकुञ्ज प्रशासनले जनाएको छ ।
सो अवधिमा हुन सक्ने चोरी शिकारी र काठ तस्करी नियन्त्रणका लागी ठुलो संख्यामा सेना र निकुञ्जका कर्मचारी परिचालन गरिएको सहायक संरक्षण अधिकृत रविन चौधरीले वताउनु भएको छ ।
खरको छाना भएका घर गोठ न्यून संख्यामा रहेको अवस्थामा पनि ठुलो संख्यामा मानिसहरु खर खडाईका लागी निकुञ्ज प्रवेश गरेकाले सवैको मुख्य उद्देश्य दाउरा संकलन नै रहेको अनुमान गरिएको छ ।
कोभिड १९ का कारण अधिकांश मानिसहरु विदेशवाट घर फर्केको अवस्था र स्वदेशमा रहेका पनि वेरोजगार भएको कारण यस वर्ष गत वर्षको तुलनामा वढि नै मानिसहरु खर खडाईका लागी निकुञ्ज प्रवेश गरेको र निकुञ्जका लागी व्यवस्थापन र सुरक्षा चुनौती पनि निकै वढेको देखिन्छ ।