आज: ३१ चैत्र २०७७, मंगलवार | Tue, 13, Apr, 2021
FLASH NEWS

शुक्लाफाटामा हात्तिको छावाको मृत्यु

सुदुर दृष्टि २० पुष २०७७, सोमबार ११:०६ मा प्रकाशित ( ३ महिना अघि) २६२ पाठक संख्या

 

 

 

 

 

 

 

२० पुष कञ्चनपुर
कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा जंगली हात्तिको छावा (बच्च) को मृत अवस्थामा फेला परेको छ । निकुञ्जको ढक्का फाटामा हात्तिको छावा मृत अवस्थामा भेटिएको सहायक संरक्षण अधिकृत रविन चौधरीले वताउनु भएको छ ।
वढदै गरेको चिसोका कारण हात्तिको छावाको मृत्यु भएको प्रारम्भीक अनुसन्धावाट थाहा भएको र थप अनुसन्धानका लागी रेन्जरको टोली घटना स्थल तर्फ गएको सहायक संरक्षण अधिकृत चौधरीले वताउनु भएको छ । मृत हात्तिको छावालाई निकुञ्ज कार्यालयमा ल्याएर पोष्ट मार्टम गरेर मृत्युको वास्तवीक कारण पत्ता लगाईने समेत उहांले वताउनु भएको छ ।
उहांले मंसिर ११ गते पनि निकुञ्जको पश्चिम सेक्टर बागफाटा नजिक एउटा हात्तिको छावा खोलामा डुवेको अवस्थामा मृत भेटिएको वताउनु भएको छ । उहांले निकुञ्जमा पछिल्लो समय जंगली हात्तिको संख्यामा उल्लेख वृद्धि भए पनि चिसो मौसमका कारण नवजात छावाहरुको मृत्यु हुने गरेको वताउनु भएको छ ।